साउथका चर्चित अभिनेता अल्लु अर्जुनले हालै आफ्नो छोरालाई मिडिया सामु सार्वजानिक गरेका छन् । नयाँ चलचित्र ‘दुवड्डा जगन्नाथम’को अडियो लन्च कार्यक्रममा अर्जुन आफ्नो ३ बर्षीय छोराको साथमा पुगेका थिए । अर्जुनले सन् २०११ मा स्नेहासंग विवाह गरेका हुन ।
एक छोरा र छोरीको बुवा बनिसकेका अर्जुन साउथ चलचित्रका सुपरस्टार हुन । उनी साउथमा एक मात्र यस्ता कलाकार हुन, जसको सामाजिक संजाल फेसबुकमा करोड माथि फलोअर्स रहेको छ । सन् २०१६ मा अर्जुन गुगलमा सबै भन्दा बढि सर्च गर्ने कलाकार बनेका थिए ।
अल्लु अर्जुन र उनको छोराको तस्विर ः 
