करिब १७ बर्ष एकसाथ रहेर अलग भएका बलिउडका चर्चित जोडी मलाइका अरोरा र अरबाज खान फेरि एकसाथ देखिएका छन् । औपचारिक रुपमा अलग भएपछि उनिहरुको यो पहिलो भेट हो । यी दुई अाफ्नाे परिवारका सदस्य सहित लन्च गर्ने संगै रेस्टुरेन्ट पुगेका थिए । मलाइका आफ्नो आमा, बहिनीको साथमा पुगेकी थिइन् । रेस्टुरेन्टबाट बाहिर निस्किँदै गर्दा उनीहरु क्यमरा देखि तर्किने प्रयास गर्दै गरेको भारतिय मिडियाले जनाएको छ ।
अरबाज र मलाइकाको डिभोर्स यहि बर्षकाे ११ मेमा भएको हो । बलिउडमा आर्दश जोडीरुपमा चिनिने यी दुई डिभोर्स हुनु भन्दा एकदिन अघि आफ्नो छोरालाई लिएर जस्टिन बिबरको कन्सर्ट हेर्न पुगेका थिए । डिभोर्स हुदा मलाइकाले अरबाजसंग १० करोड मागेकी थिइन् । तर, अरबाजले उनलाई १५ करोड दिएका थिए । यस्तै अरबाजले मलाइकासगै बस्दै अाइरहेकाे छाेराकाे लागी घर पनि उपहार दिएका थिए ।