बलिउड चलचित्र तथा टिभी अभिनेत्री कृतिका चौधरी मृत अवस्थामा फेला परेकी छन् । सन् २०१३ मा ‘रज्जो’ चलचित्रबाट बलिउडमा डेव्यु गरेकी चौधरीको शव उनको अपार्टमेन्टमा सडेको अवस्थामा भेट्टाइएको भारतिय मिडियाले बताएको छ । कृतिका मुम्बईको अँधेरी अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन् ।
उनको अपार्टमेन्टबाट दुर्गन्धित हावा आउन थालेपछि स्थानियले सोमबार प्रहरीलाई खबर गरेका थिए । एसी चलाइएको बन्द कोठामा कृतिकाको शव रहेको थियो । कृतिकाको टाउको र शरीरमा चोटको निशानी रहेको प्रहरीले बताएको छ । पोस्टमार्टमको रिपोर्ट अनुसार कृतिकालाई ३–४ दिन अघिनै मारिएको बताइएको छ । २३ बर्षकी कृतिका बलिउडमा पाइला चाल्दै थिइन् भने उनि टिभि सिरयलहरुमा पनि अभिनय गर्थिन्।