प्राय हिट चलचित्र पस्किदै आएका निर्देशन रोहित शेट्टीले बलिउडका सुपरस्टार सलमान खान र बाहुबली स्टार प्रभासलाई लिएर चलचित्र निर्माण गर्ने भएका छन् । बाहुबली २ को सफलता पछि प्रभास पछ्रिल्लो समयका व्यस्त अभिनेता हुन ।

यता, धेरै समय पहिलाबाट सलमानलाई लिएर चलचित्र निर्माण गर्न ईच्क्षा राखेका रोहित दुई स्टारहरुलाई लिएर चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन् । उनले चलचित्रका लागी सलमानसंग कुरा भइसकेको भारतिय मिडियाले बताएको छ । त्यस्तै प्रभासको लागी भने प्रयास गरिरहेको बताइएको छ । –ऐजेन्सी