नायिका अनुष्का शर्माले चलचित्र ‘रब ने बनादी जोडी’ बाट बलिउडमा प्रवेश गरेकी हुन । उक्त चलचित्रमा उनको अपोजिटमा शाहरुख खान थिए । डेव्यु चलचित्र शाहरुख खानसंग गरेकी अनुष्का त्यस लगतै ‘जब तक है जान’मा शाहरुखकै अपोजिट बनेर काम गरिन् । अब फेरि एकपल्ट शाहरुख र अनुष्का ‘जब ह्यारी मेट सेजल’मा देखा पर्ने छन् ।
चलचित्रकै प्रमोसनमा शाहरुखले एक अन्तवर्तामा अनुष्कासंगको सम्बन्ध अनौठो रहेको बताएका छन् । शाहरुखले भनेका छन् 'अनुष्काले बलिउडमा शुरुवाती पाइला मसँगै चालेकाे कारण पनि हाेला हामी एकअर्कालाई मनपराउछाैँ '। निकै समयपछि प्रेमकथामा काम गर्दा र त्यसमाथि पनि अनुष्कासंग काम गर्दा रमाइलो लागेको उनले उक्त अन्तवार्तामा बताएका थिए । चलचित्र ‘जब ह्यारी मेट सेजल’ अगस्ट ४ मा प्रदर्शन हुँदैछ ।