सङ्गीतकार चेतन सापकोटाको सङ्गीत र गायक प्रमोद खरेलको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘एक भई जुटौँ नेपाली...’ बोलको गीतमा जेनु बस्नेतको शब्द रहेको छ । चितवनको पर्यटकीय स्थलका दृश्यहरू समावेश गरिएको गीतमा सङ्गीतकार चेतन सापकोटा सहित प्रियङ्का भण्डारीको  साथमा स्थानीय  कलाकारहरू मिलन सुबेदी, धर्मेन्द्र बन , प्राध्यापक प्रेम रिमाल, डाक्टर भोजराज अधिकारी लगायतको अभिनय रहेको छ । सङ्गीतकार सापकोटा स्वयंमको निर्देशन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने विशाल भट्टको छायाङ्कन रहेको छ ।