अभिनेता निखिल उप्रेती आफ्नै साली शिवानी लुइटेलसँग चलचित्रमा रोमान्स गर्ने भएका छन् । भैरव पछि दोश्रो चलचित्र  ‘कमिटमेन्ट’ निर्देशन गर्न लागेका निखिलको  उत्त चलचित्रको यतिबेला धमाधम छायाँकन भइरहेको छ । तीन करोड बढी लगानी रहने बताईएको  ‘कमिटमेन्ट’ मा चर्चित भारतीय कलाकारहरुले समेत अभिनय गरिरहेका छन् ।

यसै चलचित्रबाट नव नायिका शिवानी लुइटेल पनि डेव्यु गर्दै छिन् । उनि निखिलकी साली हुन भने चर्चित नायिका सञ्चिता लुइटेलकी बहिनी हुन । छायाँकन भइरन्दा साली र भेनाको केहि तस्विरहरु बाहिरिएका छन् । हेर्नुस कतिको जम्यो आफ्नै सालीसँग निखिलको जोडी ।