पछिल्लो समय बलिउड कलाकारको हलिउड प्रवेश बढ्दो छ । इरफान खान, प्रियंका चोपडा, दिपिका पादुकोण लगायतका केहि कलाकारले  हलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । तर , हलिउड कलाकारको जति बिश्वभर आफ्नो पहिचान बनाउने कलाकार बलिउडमा छैनन् ।


 तर, पछिल्लो समयका बलिउडमा यस्ता कालकारहरु छन् जसको अन्तर्राष्ट्रिय फ्यानहरु बढ्दो छन् । जस्तै , बलिउड अभिनेता अमिताभ बच्चनको फ्यान ईजिप्टमा धेरै छन् । त्यस्तै शाहरुख खानको जर्मनीमा , आमिर खानको चीनमा , माधुरी दिक्षितको पाकिस्तानमा धेरै फ्यान फलोइङ राम्रो छ । त्यस्तै साउथका सुपरस्टार रजनिकान्तको जापान, चंकी पाण्डेको बंगलादेश र राज कपुरको फ्यान फलोइङ रसियामा धेरै छन् ।