सन् २०१४ मा रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘किक’को सिक्वेल बन्ने भएको छ । भारतिय मिडिया अनुसार चलचित्रको यतिबेला स्क्रिप्टको काम भइरहेको छ । एक महिना पनि सलमानलाई उक्त स्क्रिप्ट दिईने छ । गोप्य तरिकाले कथाको काम भइरहेता पनि चलचित्रको बारेमा भने निर्माण पक्षले केहि जानकारी दिएका छैनन् ।
तर , ‘किक २’ सन् २०१९ को क्रिसमसको लागी बुक भइसकेको बताइएको छ । चलचित्र सुटिङ सन् २०१९ को शुरुवातबाट हुने बताइएको छ । चलचित्र किकमा सलमान खान , नवाजुद्दिन सिद्दीकी, रणदीप हुड्डा, जैकलीन फर्नाडीजको अभिनय रहेको थियो । तर किक २ मा सलमान बाहेक को कलाकार इन र आउट भन्ने खुलाइएको छैन ।