९० को दशकको सलमान खानको चर्चित चलचित्र ‘जुडुवा’ को सिक्वले निर्माण यतिबेला भैरहेको छ। बरुण धवन र ज्याक्लिन फर्नान्डेज मुख्य भूमिकामा रहेको चलचित्रमा ‘जुडुवा’ मा समावेश एक गीतलाई समावेश गरिने भएको छ।उक्त समय चर्चित बनेको गीत ‘टन टना टन’ लाई रिक्रिएट गरिन लागिएको हो ।
यो गीतको सुटिङ चाडै हुनेछ र गीतमा बरुण र ज्याक्लिनको साथमा तापसी पन्नु फिचरीङमा रहनेछन्। यो गीतलाई गणेश आचार्यले कोरियोगाफ्री गर्नेछन्।