हाँस्यव्यगंमा एक चर्चित नाम हो जितु नेपाल (मुन्द्रे) । उनलाई आफ्नो नाम भन्दा बढी मुन्द्रेले चिनिने गरिन्छ । ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट जीतुले चलचित्र जीवनको सुरुवात गरेका हुन् । त्यससँगै उनले करिब दिन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रमा अभिनय गरेता पनि उनलाई टेलिश्रिङ्खला जिरे खुर्सानीले एउटा छुट्टै पहिचान बनाइदिएको थियो । सन् २००३ देखि सुरु भएको टेलिश्रिङ्खला जिरे खुर्सानीमा सुरु भएको थिए । जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन् । उक्त टेलिचलचित्रमा जितु नेपाल छोराको भूमिका देखिएका थिए । कुनै समयको चर्चित टेलिचलचित्र जिरे खुर्सानीका संवाद, कलाकारहरूको अभिनयलाई धेरैको साथ मिलेको थियो ।

तर, केही वर्ष यता यो टेलिचलचित्र बन्द छ । मिडिया हबको आर्थिक लेनदेनको कारण पनि बन्द भएको भन्ने जितु भन्छन् 'अहिले टेलिचलचित्रलाई सुचारु गर भनेका छन् । तर म सँग टिम नै छैन । ' जितु गुनासो पोख्दै भन्छन्  'हाम्रो एउटा टिम थियो । तर त्यो टिम छुट्टिएर अहिले ब्रेकफेल बनाएका छन् । मैले बनाएको पात्रहरु अहिले अर्को सिरयलमा प्रयोग गरिएको छ । फेरि काम गर्न मन छ तर अब त्यो सम्भव नहुन सक्छ । नयाँ टिमलाई लिएर बनाउने पनि सोच्दै छु । सिरयल बनाउन सुरु गरे भने एक चोटि पुरानो टिमलाई आग्रह गर्दछु ।'