चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी । पहिलो चलचित्रबाट नै साम्राज्ञीको चर्चा चुलिएको थियो । अझ भनौँ युवापुस्ता माझ साम्राज्ञी निकै लोकप्रिय छिन् । पहिलो चलचित्र प्रदर्शन भएको दुई बर्ष बितिसक्दा पनि उनी अभिनित कुनै चलचित्र प्रदर्शन भएका छैनन् । तर, यस बर्ष साम्राज्ञीको करियरलाई माथि पुर्याउन  सहयोग गर्ने चलचित्र ‘ए मेरो हजुर २’ मानिएको थियो ।

अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर २’को दुई वटा गीतहरु आउट भइसकेका छन् । दुबै गीतलाई दर्शकले धेरै मन पराए भने नव नायक सलिनमान बँनिया र साम्राज्ञीको जोडीले राम्रै प्रसंसा पाएको थियो । दर्शकमा ‘ए मेरो हजुर २’ प्रतिक्षित चलचित्रको रुपमा रहेको छ । केही महिना अघि नै चलचित्रको निर्माण घोषणा सहित चलचित्र भदौ १६ गते प्रदर्शन हुने भनिएको थियो ।

तर यतिबेला साम्राज्ञीको करियर माथि ठुलो धक्का लाग्ने भएको छ । शुक्रबार  चलचित्र ‘तिमीसंग’को टिजर आउट भएसँगै साम्राज्ञी माथि सबैको चासो बढ्दै गएको छ । शिशिर राणाको निर्देशनमा बनेको चलचित्र ‘तिमीसँग’ चलचित्र ‘ए मेरो हजु्र २’ रिलिज हुनु भन्दा एक हप्ता अगाडी यानिकी भदौ ८ गते रिलिज हुने निर्माण पक्षले बताएको छ । एकै महिनामा साम्राज्ञी अभिनित दुई चलचित्र रिलिज हुने छन् । जुन साम्राज्ञीको लागी चुनौती हो । यदि कुनै एक चलचित्रमात्र फ्ल्प भएको खण्डमा साम्राज्ञीको  करियर नै डामाडोल हुने सम्भावना धेरै छ । सिने वृतमा यो पनि भन्ने गरिन्छ की ‘ए मेरो हजुर २’को गीतहरुले साम्राज्ञीको हाइप बढायो जसको फाइदा चलचित्र तिमीसँगका टिमले उठाउन खोज्दै छन् ।

त्यस्तै यता अभिनेत्री निशा अधिकारीले निर्माण गर्ने लागेको चलचित्र ‘झ्यानाकुटी’ पनि भदौ ८ मा नै प्रदर्शन हुने  छ । एकै दिनमा आशा गरेका चलचित्रहरु जुध्दा निर्माण पक्षलाई कति सम्म घाटा होला त्यो बुझन जरुरी छ । त्यो भन्दा बढि चलचित्रमा आशा गरेकी नायिका साम्राज्ञीको एक महिनामा दुई चलचित्र रिलिज हुदा उनको करियरले कस्तो मोड लिन्छ भन्ने पनि निर्माण पक्षले बुझन् जरुरी छ |