एकता कपुर सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।
सनी नअटाउनुमा भने रागिनी एमएमएस २ बनाउने क्रममा एकता सनीसँग खुसी नभएको खबर खुलासा भएको छ । उनलाई सनीले दिक्क बनाएको खबर चर्चामा थियो । त्यतिखेरको काम सोचेजस्तो नभएर नै एकताले सिक्वेलमा सनीलाई नरोजेको खबर छ ।
त्यतिखेर एकताले सनीमार्फत फिल्ममा हरर सिन राख्ने सोचेकी थिइन् । उनले सनीको ‘पोर्न इमेज’को फाइदा उठाउने कोसिस पनि गरिन् । तर, सनीले ‘बोल्ड सिन’ दिन इन्कार गरिदिइन् । यो कुराले एकतालाई दुःखी तुल्यायो । सनीको यही व्यवहारका कारण उनी कहिल्यै सँगै काम नगर्ने निर्णयमा पुगिन् । यसकारण रागिनी एमएमएस २ को सिक्वेलमा उनले सनीलाई लिइनन् ।