अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसँग लुक्न सकेको छैन । केही समय अघि आफ्नो प्रेम सम्बन्ध लुकाउन खोजेता पनि उनीहरू पछिल्लो समय खुलस्त रूपमै मिडिया सामु आइरहेका छन् । शनिवार साझ काठमाण्डौँको हायात होटेलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रममा प्रियका र आयुष्मान आफ्नो परिवारको साथमा पुगेका थिए ।अवार्ड स्थलमा प्रवेश गरेसँगै प्रिंयका र आयुष्मान मिडियामा छाइरहेका थिए ।

हुन त कार्यक्रममा ३-४ जना बाहेक चर्चित अनुहार देख्न मुस्किल थियो। एक त कलाकार कम त्यसमाथि भरखरै प्रेमिल दुनिँयामा मग्न यी दुई जोडीलाई न त मिडियाको परवहा थियो न त त्यहाँ उपस्थित अतिथिको नै । जे होस कलाकारहरूको कम उपस्थितिमा यी दुई मिडियाको नजरमा घरिघरि परिरहेका थिए । चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को प्रियकाले अवार्ड पाइन् । अवार्ड पाएपछि उनी खुसी हुँदै आफ्ना प्रेमी आयुष्मान देशराज बसेको स्थानमा पुगिन् । जहाँ, आयुष्मानकी आमा रविना देशराज, भाइ आशिरमान देशराज पहिलेदेखि नै बसेका थिए । अवार्ड लिएसँगै आयुष्मानले बधाई दिँदै अंकमाल गरे , माया अनि खुशीलाइै समाल्न नसकेर देशराजले प्रिंयकालाई जुरुक्कै बोकेर ओठमा चुम्बन गरे । उक्त समय सबैको ध्यान उनीहरू तिर नै खिचिएको थियो ।

प्रिंयकाले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाउनु अगाडि आयुष्मानले ‘उत्कृष्ट नव–अभिनेता’को विधामा अवार्ड पाएका थिए । अवार्ड पाए पछि देशराजले स्टेजबाट नै प्रिंयकालाई प्रेमिकाको रूपमा परिचित गराएका थिए । उनले आफ्नो परिवारको साथै आफ्नो प्रेमिकालाई धन्यवाद दिएका थिए । देशराजले चपली हाईट २ बाट अवार्ड पाएका थिए । चपली हाईट २ मा नायक देशराज र नायिका परमिता रानाले एकसाथ काम गरेका थिए । उक्त समय उनीहरू प्रेममा थिए । देशराज र परिमिताको जोडी उक्त चलचित्रमा जमेको थियो । अब देशराजले स्टेजमा अहिलेको प्रेमिकालाई धन्यवाद दिएका हुन, कि भुतपुर्व प्रमिकालाई चलचित्रमा जोडी जमाइदिएको धन्यवाद दिएका हुन् त्यो भने उनले खुलाएनन् ।