नेपाली सिनेमा उद्योगका महानायक हुन् राजेश हमाल । २०४६ सालमा चलचित्र ‘युग देखि युग’ सम्मबाट नेपाली चलचित्रमा डेव्यु गरेका राजेशले अहिले सम्मको अवधिका झन्डै तीन सय भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् । एक ताका राजेश अभिनित चलचित्रहरु प्राय हिट हुने गर्दथ्यो । उनले चलचित्रमा बोल्ने सवांद, एक्सन, नृत्यको पनि फ्यान कम छैनन् । पछिल्लो समय राजेश अभिनित चलचित्रलाई दर्शकले त्यति साथ दिएका छैनन् ।

तर, चलचित्र नचले पनि उनिको चर्चा भने कम भएको छैन् । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल बेला–बेलामा विवाद र चर्चामा पनि आइरहन्छन् ।  बिहे अगाडी राजेशको चर्चा विवाह कहिले गर्ने ? भन्नेमा हुन्थ्यो । तर , बिहे पछि राजेशलाई एउटै प्रश्न सोध्ने गरिन्छ , बच्चा कहिले ? यसै बिषयमा बोल्दै राजेशकी पत्नी मधु भट्टराईले एक अन्तवार्तामा बच्चाबारेमा खुलासा गरेकी छिन् । नयाँ पत्रिकामा दिएको एक अन्तवार्तामा समय व्यवस्थापन गर्ने नसकेको हुदाँ  बच्चा नपाउने सोचेको उनले बताएकी छिन् । ‘यसबारे त हामीले अहिलेसम्म सोचेकै छैनौँ । सोच्दैनौँ पनि होला त्यतातिर । अहिलेसम्मको हाम्रो कुराकानी–छलफलअनुसार हामी बच्चा नपाउने योजनामै छौँ । टाइम म्यानेजमेन्टका कारणले मात्रै हामीले बच्चा नपाउने सोचेका हौँ । ’ उनले भनेकी छिन् । 

PROMOTED VIDEO :-