समग्रमा २०७५ नेपाली चलचित्रले खडेरी व्यहोर्न परेको वर्ष हो । नाम चलेका र अघिल्ला चलचित्रमा दर्शकको मन जित्न सफल भएका कलाकारले अभिनय गरेको चलचित्रले पनि आफ्नो नाम फ्लपको सुचिमा दर्ता गर्नुपर्ने स्थिती आयो । यसैगरी युवा पुस्ताले रुचाएका अभिनेता प्रदिप खड्का पनि यो वर्ष पछाडी धकेलिए । वर्षको बिचमा चलचित्र 'रोजी' बाट खस्केका प्रदिप वर्षको अन्तिममा प्रदर्शन भएको चलचित्र ' लभ स्टेसन' मा पनि जम्न  सकेनन् । एउटा चलचित्रले राम्रो व्यापार गर्न नसक्नु र दर्शकले कलाकारले निभाएको भूमिकालाई नरुचाउनुले  एउटा कलाकारको करीयर माथी कती असर पर्छ भन्ने कुरा यतिबेला प्रदिपले भोग्नु पर्ने हुन सक्छ । 
लगातार दुइ चलचित्र असफल भएपछी प्रदिपलाई लिएर चलचित्र बनाउने सोच बनाएका निर्माता निर्देशक अलमलिनु स्वभाविक नै हो । मौलिक चलचित्र निर्माण गर्ने र दर्शकलाई अर्गानिक स्वाद चखाउने  निर्देशक रामबाबु गुरुङको हिट सिरिज 'कबड्डी' को तेस्रो पार्टमा प्रदिपलाई कास्ट गरिने कुरा कुलगभाग टुङ्गो लागीसकेको थियो तर स्रोतका अनुसार गुरुङ्गले अब प्रदिपलाई नलिने भएका छन् । बैशाख अन्तिमबाट फ्लोरमा जाने चलचित्रको लागी मौखिक सहमती भैसकेको थियो र निर्देशकले लभ स्टेशनको नतिजा हेरेपछी कुरा फाइनल हुने भनेका थिए । तर यती बेला प्रदिपले पाएको असफलता कै नतिजा निश्चल बस्नेतलाई चलचित्रमा लिने कुरा चलिरहेको बुझिएको छ । यस बारे निर्देशक गुरुङ्गले भने मुख खोलिसकेका छैनन् ।