हत्तपत्त मिडिया होस् या सामाजिक सन्जालामा आउन नचाहने बलिउड नायिका करिना कपुर चर्चित भारतिय रियालिटी सो ‘डान्स इन्डिया डान्स’मार्फत टेलिभिजन सेटमा देखिने भएकी छिन् । उक्त सोमा जर्ज बन्नको लागी सो निर्माण पक्षले गरेको आग्रहलाई स्विकार गर्दै करिनाले प्रति एपिसोड तीन करोड रुपैयाँ मागेकी छिन् । तीन महिनासम्म चल्ने उक्त सो को करिब ३० एपिसोड प्रसारण हुनेछ । यसरी हेर्ने हो भने करिनाले पुरा सोबाट लगभाग ९० करोड लिने छिन् । यतिबेला करिना र निर्माण पक्षबिच सम्झौता भइरहेको जनकारी आएको छ । आफुले मागेजत्ती रकम र समय मिलेमा करिनाले टेलिभिजन स्क्रीनमा डेब्यु गर्ने छिन् । बलिउडमा एक समय राम्रो स्थान ओगटेकी करिना पछिल्लो समय त्यती बाहिर निस्केकी छैनन् । एउटै सो बाट यति धेरै पारिश्रमिक मागेकी करिनाको टेलिभिजनको यो इन्ट्रीलाई दर्शकले कस्तो प्रतिकृया दिनेछन् त्यो त हेर्न बाँकी छ ।