रोहित सेट्टिको नयाँ चलचित्र 'सुर्यवंशी' मा अभिनेता अक्षयकुमार अनुबन्धित भएको धेरै समय भैसक्दा पनि अक्षयको अपोजिट रोलमा कसलाई लिने भन्ने विषयमा बहस भैरहेको थियो । भारतिय मिडियाहरुले अनेक नायिकाको नाम जोडेर खबर बनाइरहेका बेला अक्षयले आफ्नो आधिकारिक ट्विटर मार्फत कट्रीनालाई टिममा स्वागत गरेका छन् । एक्सन जनरामा निर्माण हुने यो चलचित्रमा अक्षय कुमार प्रहरीको भूमिकामा प्रस्तुत हुनेछन् भने कट्रिनाले उनको प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।
यस अघि ‘हमको दिवाना कर गया, नमस्ते लण्डन, तीस मार खान' लगायत चलचित्रमा स्क्रीन सेय र गरेकाअ यो जोडी क रिब एक दशक पछी एक साथ पर्दामा देखिने भएका हुन् । सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेको चलचित्रलाई धर्मा प्रोडक्सनको ब्यानरमा र करण जोहरको लगानीमा निर्माण हुन लागेको हो ।