सलमान खानलाई फरक लुक्समा देखाइएको चलचित्र 'भारत'को ट्रेलर सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको ट्रीजरबाटै चर्चा कमाएको चलचित्रले सोमबार ट्रेलर पनि सार्वजनिक गरेको हो । सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा देखाइएको चलचित्रको ट्रेलरमा एक आम सर्वसाधारण मानिसको जीवन देख्दा सामान्य देखिए पनि उसले बाँचेको जीवन रङ्गिन हुन्छ भन्ने देखाइएको छ भने देश प्रेम भनेको देखाउने कुरा होइन मात्र कर्तव्यबाट बिमुख नहुनु हो भन्ने भाव देख्न सकिन्छ । भारतको स्वतन्त्रता को समयलाई साक्ष्यात्कर गर्ने एक नागरिकको कथा बोकेको चलचित्रमा  प्रेम र पिडालाई सँगसँगै देखाइएको छ ।
गुल्सन कुमार र टि सिरिज तथा सलमान खान फिल्म्सको प्रस्तुती 'भारत' लाई अलि अब्बासले निर्देशन गरेका हुन् । साथै अतुल अग्निहोत्री, अल्वित्रा खान अग्निहोत्री, भुसन कुमार र कृशन कुमारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।