भारतमा अहिले सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र ‘बाहुबली २’ अब चीनमा प्रदर्शन हुने भएको छ । यस अघि आमिर खान अभिनित चलचित्र ‘दंगल’ चीनमा प्रदर्शन भएको थियो । चीनमा दंगलले भारतमा गरेको कमाई समेत बे्रक गरेको भन्ने गसिपले मिडियामा राम्रो स्थान पाएको थियो ।आउँदो सेप्टेम्बर २७ देखि ’बाहुबली २’ चीनमा प्रदर्शन हुने तय भएको छ ।दंगलले चीनका सात हजार बढी हलमा शो पाउँदा बाहुबलीको प्रदर्शन भने मात्र चार हजार हलमा हुँदैछ ।

१ हजार पाँच सय करोडभन्दा बढी बक्स अफिस कलेक्शन गरेको चलचित्र  दंगलपछि दोस्रो सर्वा्धिक कमाई गर्ने फिल्म बनेर ’बाहुबली २’ ले पच्छ्याइ रहेको छ।
दंगलले विश्वव्यापी रूपमा भने १ हजार नौ सय माथिको कमाई गरेको छ।