पछिल्लो समय चलचित्र सुटिङ्गको दौरानमा घाइते भएका बलिउड अभिनेता विक्की कौशल ब्याक टु ब्याक चलचित्रमा काम गरिरहेका छन् र सफल पनि भैरहेका छन् । भानु प्रताप सिंहको हरर चलचित्रको एक्सन सिन सुटिङ गर्दा घाइते भएका उनि यतिबेला आराम गरिरहेका छन् ।चलचित्र 'मसान' मार्फत बलिउडमा प्रवेश गरेका विक्की चलचित्र 'उरि'को सफलताले उनलाई उरि अभिनेताको रुपमा चिनिन्छन् ।उनै उरी अभिनेता करण जोहरको निर्देशनमा बन्ने चलचित्र ‘तख्त’मा देखिने भएका छन् । मुगल शासनको समयको कथा रहेको चलचित्रमा विक्की मुगलका छैठौँ राजा औरंगबेजको भूमिकामा देखिने भएका छन् । आफूले पाएको भूमिकालाई न्याय गर्न इतिहासको अध्ययन थालेको र औरंगबेजको मनोविज्ञान पनि केलाउन सुरु गरेको विक्कीले बताएका छन् ।
धर्मा प्रोडक्सन ब्यानरमा बन्ने चलचित्रमा विक्कीसँगै रणवीर सिंह, आलिया भट्ट, अनिल कपुर लगायतका स्थापित कलाकार पनि देखिँदैछन् ।