शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउने प्रतिक्षित हलिउड चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’को विश्व प्रीमियर भैसकेको छ । तर प्रीमियरसँगै समिक्षा लेखनमा विहिबारसम्म रोक लगाएको छ  । कथावस्तु बाहिरिने डर भएपछि मार्भल इन्टरटेनमेन्टले साताअघि देखि नै कथावस्तु बाहिर नल्याउन फ्यानहरुलाई आग्रह गरेको थियो । उसका सुपरहिरोले सामाजिक संजालमा अभियान नै चलाएका थिए । प्रीमियर मै चुनिएका केहि समिक्षकलाई मात्र सहभागी गराइएको थियो भने आधिकारिक समिक्षा बुधवार या बिहिबार मात्र सार्वजनिक हुनेछ । चलचित्र हेरेका विशेष अतिथीहरुले इन्ड्गेम हेरेर आफु रोएको प्रतिकृया दिएका छन् ।