चलचित्र 'प्रेम गीत' , 'प्रेम गीत २' जस्ता सफल चलचित्र बनाएको आसुसेन फिल्म्सको पाचौँ चलचित्र 'प्रेम गीत ३' बन्ने भएको छ । चलचित्र निर्माण सँगै प्रदर्शनको मिती पनि तोकिएको छ । ‘चैत २८’ को लागी प्रदर्शनको मिती तोकिएको र छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने पनि पक्का भैसकेको छ । चलचित्र घोषणासँगै फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । निर्देशक सेनका अनुसार चलचित्रको लागी टिम र लोकेसन पनि फाइनल भैसकेको छ । 'प्रेम गीत' र 'प्रेम गीत २' मा प्रदिप खड्कालाई नै लिए पनि सेनले प्रदिपको अपोजिट रोलका लागी फरक फरक नायिका रोजेका थिए अब बन्ने चलचित्र 'प्रेम गीत ३' मा पनि प्रदीप खड्का प्रेमको भूमिकामा देखिँदैछन् । टिमले प्रदिपको अपोजीट रोलका लागी नायिका पनि फाइनल भैसकेको बताएको छ तर नाम खुलाउन भने केहि समय पर्खिनु पर्ने भनेको छ । चलचित्र टिमले नायिकाको नाम नखुलाए पनि कतै त्यो नाम 'निती शाह' त होइन भन्ने चर्चा पनि चलिरहेको छ । नितीले आफुलाई प्रेम गीत ३ को लागी अफर आएको कतै खुलाएकी थिइन् ।
यस अघि आसुसेन फिल्स्म प्रोडक्सनले चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु लयायत चलचित्र निर्माण गरिसकेको छ ।