दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँग सहकार्य गरी निर्माण गर्न लागेको चलचित्र 'छ माया छपक्कै' मा दीपकराज गिरी , केदार घिमिरे , जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा देखिने भनिए पनि नायिकाको रुपमा कसलाई लिने भन्ने आधिकारिक जानकारी आइसकेको छैन । तर चलचित्र नगरिमा यती बेला 'छ माया छपक्कै' मा नायिका केकी अधिकारीलाई लिने टुङ्गो लागेको गाइँगुइँ चल्न थालेको छ । निर्माण पक्षले फिल्ममा रहने एकमात्र नायिकाको लागि केकीसँग कुरा अगाडी बढाई रहेको बुझिएको छ । जसलाई निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन । चलचित्र जेठको पहिलो साताबाट छायाँकनमा जाने छ ।

केकीले यस अगाडी नै दिपेन्द्रको निर्देशनमा तयार भएको फिल्म ‘घामपानी’ मा अभिनय गरिसकेकी छिन् भने दिपक दीपासँग भने सहकार्य हुन पाएको छैन ।