ब्रेकअप भएको केही समय नबित्दै कैटरीना कैफ र रणबीर कपूर अभिनित चलचित्र ‘जग्गा जासुस’ प्रदर्शनको क्रममा रहेको छ । उनीहरु केही दिन यता देखि चलचित्रको प्रमोसन गर्न कुनै कसर बाँकी राखेका छैनन् । कैटरीना र रणबीर अभिनित पछिल्ला चलचित्रले खासै राम्रो छाप छोड्न सकेका छैनन् । त्यसै कारण पनि यी दुई प्रमोसनमा लागी परेका छन् ।
प्रमोसन कै क्रममा कैटरीनाले बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई स्याल भनेकी छिन् । खासमा रणबीर र कैटरीनाले फेसब्ुक लाइभमा गरेका थिए । जसमा उनीहरुले गेम खेल । गेमको समयमा रणबीर आफुले जनवारको नाम लिने र कटरीनालाई कुनै सेलिव्रटीको नाम जोड्न आग्रह गरे । जब रणबीरले स्याल भने तब कटरीनाले ऐश्वर्या राय बच्चनको नाम लिइन्