बीस वर्ष अघि चलचित्र 'देवदास'मा एकसाथ काम गरेका साहरुख खान र संजय लीला भन्साली पुन: २० वर्ष पछी एउटै चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘इजहार' को लागी दुइ बिच सम्झौता भएको भारतिय संचार माध्यमहरुले बताइरहेका छन् । विषय र नाम फाइनल भैसके पनि निर्देशनको जिम्मा कसलाई दिने भन्ने टुङ्गो लागिसकेको छैन । भन्साली निकट श्रोतका अनुसार  ‘इजहार' लाई भन्सालीले निर्देशन नगर्ने भएका छन् । शाहरुख र भंसाली यस चलचित्रमा प्रोड्यूसर बन्ने भएका हुन् भने कास्टिङ र अन्य आधिकारिक जानकारी केहि समयपछी सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ ।
स्क्रीप्ट चित्त बुझेमा साहरुख आफैँ यस चलचित्रमा चारइत्र निभाउने भनिए पनि उनि केहि बोलेका छैनन् । यसैबिच आफुले काम गरेको पछिल्लो दुइ चलचित्रले सन्तोषजनक प्रतिकृया र व्यापार नगरेपछी आगामी दिनमा काममा हात हाल्नु पुर्व निकै विचार पुर्याउने प्रतिकृया साहरुखले दिएका छन् ।