बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पहिलो टिजर सार्वजनिक भएको छ । टिजरमा शाहरुखालाई केटि प्रति गलत नजर राख्ने केटा र अनुष्कालाई सोझी केटीको भुमिकामा देखाइएको छ । 


यस अघि प्रेम कथामा बनेको चलचित्र ‘जब वी मिट’ पनि निर्देशक अलिले नै निर्देशन गरेका थिए । जुन चलचित्र सुपरहिट बनेको थियो । चलचित्र ‘जब ह्यारी मिट सेजल’ आगामी अगस्त ४ तारिखका दिन रिलिज हुने छ । यो फिल्म पनि लभस्टोरी र पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको छ ।