बिगत सात महिना यता न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता ऋषि कपुर क्यान्सर मुक्त भएको खबर बाहिरिएको छ । उनको बिरामी बारे कुनै आधिकारिक खबर बाहिर आएको थिएन तर ऋषिका साथी तथा फिल्म मेकर राहुल रवेलले आफ्नो आधिकारिक फेसबुक पोस्ट मार्फत ऋषिको रोगको तथा उनि क्यान्सर मुक्त भएको खबर एकसाथ दिएका छन् । यस अघि ऋषिकी पत्नी नितुले क्यान्सरको छनक दिने पोस्ट सार्वजनिक गरेकी थिइन् तर कुनै आधिकारिक कुरा भने खोलेकी थिइनन् ।केहि समय पहिले बलिउडका मिडियाहरुले ऋषिको स्वास्थ स्थितीको बारेमा खबर छापिरहँदा उनका पुत्र रणविर कपुरले पनि खबरको खण्डन गरेका थिए ।