कपिल शर्मा यस्ता कमेडियन हुन् जसले कमेडिमा आफ्नो प्ल्याट्फर्म मात्र बनाएनन् उनि आफैँ कमेडीमा भविष्य बनाउन चाहनेको लागी प्ल्याट्फर्म बनिदिएका छन् । टिभी स्क्रीनमा छाएका उनै कमेडियन कपिल डिजिटल मिडियामा पनि छाउने भएका छन् । उनि निकट श्रोतका अनुसार कपिल यतिबेला स्ट्यान्ड अप कमेडिमा आधारित सोको निर्माणको लागी प्लानिङ गर्दै छन् जसले मानिसलाई आफ्नो कमेडी स्किल देकाउने अवसर दिनेछ । यस सोबाट जुन कलाकारले दर्शकको मन जित्नेछ र साथ पाउनेछ उसले कपिलसँग काम गर्ने अवस्र समेत पाउने श्रोतले जनाएको छ ।
'द कपिल शर्मा शो' बाट विश्वभर छरिएर रहेका दर्शकको मन जितेका कपिलले चालेको यो पाइला कती सफल असफल हुन्छ त्यो त कार्यक्रमको पुर्ण रुप सार्वजनिक भएपछी थाहा हुनेछ तर यो चाँही हो कि उनले फेरी पनि कमेडीमा आफ्नो अरिअर बनाउन चाहनेहरुको लागी एउटा राम्रो प्ल्याट्फर्म भने अवश्य बन्नेछन् ।