नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिबाहको पक्का गरेर कोर्ट म्यारिज समेत गरिसकेका छन् । उनै दिवाकर यतिबेला नयाँ चलचित्र लिएर आउने तयारी गरिरहेका छ्न् । उनले चलचित्रमा दिपिकालाई नै लिने निधो  समेत भैसकेको छ । पुर्ण रुपमा लभस्टोरी  जनरामा निर्माण हुने चलचित्रमा दिपिकाको अपोजिट कास्टिङमा को हुने टुङ्गो लागेको छैन । चलचित्र निकट श्रोतका अनुसार चलचित्रका लागि नायक आर्यन सिग्देललाई अफर गरिएको छ । आर्यनले चलचित्रको कथा पनि मन पराएका छन् । आर्यनले चलचित्र इन्ट्री गरेमा दीपिका र उनको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउनेछन् ।

आर्यानले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ र ‘चच हुई’को रिलिजको तयारीमा छ भने दिपिका चलचित्र ‘हेल्लो जिन्दगी’को छायांकनका लागि लण्डनमा छिन् ।