बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अलि खान एकसाथ चलचित्रमा देखिने भएका छन् । १९९५ मा रिलिज भएको ‘कुली नं. १’को रिमेक मा वरुण र सारा देखिने भएका हुन् । बुधवार वरुणले चलचित्रको पहिलो पोस्टर सेयर गर्दै सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । चलचित्र २०२० को मे १ मा रिलिज हुने छ । वरुणको अनुसार कुली नं. १ पुरानो फिल्मको कथा हुनेछैन । सन् १९९५ मा रिलिज भएको कुली नं. १लाई वरुणका पिता डेविड धवनले निर्देशन गरेका थिए । चलचित्रमा गोविन्दा र करिष्मा कपूरको मुख्य भूमिका रहेको थियो । उक्त समय यो चलचित्र सुपरहिट भएको थियो ।