पुनीत मल्होत्राको निर्देशनमा बन्ने चलचित्र 'स्टूडेंट अफ द ईयर २' को पहिलो गीत सार्वजनिक भएको छ । १० मे को लागी रिलिज मिती तोकेको चलचित्रको गीत 'फकीरा' भएको हो । सनम पुरी र निती मोहनको स्वर रहेको गीत रिलिज भएको एक दिनमै लाखौँले हेरिसकेका छन् । बैशाख २१ गते रिलिज भएको गीतलाई युट्युबमा ६८ लाखभन्दा धेरैले हेरिसकेका छन् भने गीत टेन्डिङमा समेत पेरिसकेको छ । २०१२ को ब्लक्बस्टर चलचित्र 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल यस चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् भने टाइगर श्रोफ तारा सुतरिया र अनन्या पाण्डे लगायत कलाकारको अभिनय रहने छ ।