भोजपुरीकी चर्चित अभिनेत्री अन्जली श्रीवास्तवले घरको पंखामा झुण्डिएर  आत्महत्या  गरेकी छन् । मुक्बईको जुहुमा भाडामा बस्दै आएकी अभिनेत्रीले आफ्नै कोठा साडीले पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । आइतबार दिउँसो परिवारले लगातार फोन गर्दा नउठाए पछि उनी बस्दै आएको घरका मालिकले उनको बारेमा खबर बुझ्न लगातर ढोका खोल्न आग्रह गर्दापनि नखुलेपछि प्रहरी बोलाईएको थियो ।

प्रहरीले  ढोका खोलेर हेर्दा अन्जलीको शव पंखामा साडीको पासो लगाएर झुन्डिएको  अवस्थामा फेला परेको थियो । उनले के कारण आत्महत्या गरेकी हुन् त्यो बारे अहिले सम्म केहि खुल्न सकेको छैन । उनको शबलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको छ भने थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।उनिले अभिनय गरेको पछिल्लो फिल्म ‘केहू ता दिल मैं बा’ यसै वर्ष रिलिज भएको थियो