बलिउडको सुपरहिट चलचित्र 'बाहुबली' बाट चर्चा र प्रशंसाको शिखरमा पुगेका नायक प्रभास यतिबेला आफ्नो नयाँ चलचित्र ‘साहो’ को तयारी गरिरहेका छन्। बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेको 'साहो' एकसाथ तेलगु र तमिलका साथै हिन्दी भाषामा पनि रिलिज हुँदैछ, जसका लागि प्रभास हिन्दी सिकिरहेका छन् । साउथ इन्डियन भाषा बोल्न कुनै कठिन नपरेको उनलाई हिन्दीले भने अप्ठेरो पारिरहेको छ । सामान्य हिन्दी बोल्न आए पोख्त नभएका कारण यतिबेला उनि हिन्दी सिक्नको लागी स्पेसल कोर्स लिइरहेका छन् ।
उनले आफू हिन्दी पढ्न र लेख्न सकेता पनि घरमा बोल्न नसक्ने बताए । उनका अनुसार, घरमा कसैले हिन्दी भाषा बोल्दैनन् र बुझ्दैनन् । उनी भन्छन्, 'मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लासेस लिएको छु । हिन्दी शिक्षकले मलाई डाइलग सिकाएका छन् । मैले यस फिल्मका लागि निकै होमवर्क गरेको छु ।' ‘साहो’ मा प्रभाषका साथमा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । सुजित निर्देशक यस चलचित्र १५ अगस्टमा रिलिज हुँदैछ ।