२०१२मा बलिउडमा ग्राण्ड सक्सेस चलचित्र मानिएको चलचित्र 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल ‘स्टूडेन्ट अफ दि इयर २’ यही शुक्रबारदेखी प्रदर्शनमा आएको छ । टाइगर श्राफ अभिनित यस चलचित्रको तीन दिने व्यापार हेर्दा केहि कमजोर नै देखिन्छ । यस अघि टाइगर अभिनित चलचित्र 'बाघी'ले पनि राम्रो व्यापार गर्न सकेको थिएन । ‘स्टूडेन्ट अफ दि इयर २’ले शुक्रबार १२.०६ करोडको व्यापार गरेको थियो भने सनिबार केहि सुधार हुँदै १४ .०२ करोडको व्यापार गर्न सफल भयो । बिदाको दिन परेको आइतबार चलचित्रले १२ .७५ करोड मात्र हात पार्न सफल भयो । चलचित्रलाई दर्शकले खासै नरुचाएको र वर्ड अफ माउथ पनि कमजोर भएका कारण रफ्तारलाई कायम गर्न सक्नेमा शंका नै देखिन्छ । यस चलचित्रको राम्रो सुरुवात नभएसँगै यो बर्ष निर्माता करण जोहरका लागि एकपछि अर्को झट्का लाग्ने पक्का भएको छ ।
चलचित्रमा टाइगर श्राफको साथमा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ ।