विश्वकै ठूलोमध्येको 'कान्स फिल्म फेस्टिभल' फ्रान्समा आजदेखि सुरु भएको छ । पाँच दिने उक्त फेस्टिभलमा विश्व भरबाट छानिएका उत्कृष्ट चलचित्र र कलाकारलाई समेटिने गरेका छन् । हलिउडदेखी बलिउडका उत्कृष्टमा परेका कलाकार यतिबेला फ्रान्स पुगिसकेका छन् । 
 

विश्वकै ठुलो 'कान्स फिल्म फेस्टिभल' आजबाट सुरु

सन्  १९५४ देखी सुरु भएको कान्स फिल्म फेस्टिभल को रेड कार्पेट विश्वमै चर्चित छ । कान्सको यो ७२औँ संस्करण हो । अघिल्ला वर्षझैँ यो वर्ष पनि कान्सको रेड कार्पेटमा सेलिब्रेटिलाई सेल्फी लिन मनाही गरिएको छ ।