बलिउडकी चर्चित एवम् करोडौं युवा पिढिँको मनमा बस्न सफल अभिनेत्री प्रियंका चोपडाको अभिनय मन पराउने दर्शक जती छन् उनको लाईफ स्टाइल र सकारात्मक सोचबाट प्रभावित हुनेको सङ्ख्या पनि उत्तिकै छ । प्रियंका सामाजिक संजालमा राम्रो फ्यान फलोअर्स भएकी नायिका मध्यकी एक हुन् उनि समाजिक संजालमा सक्रीय छिन् यसकै कारण पनि उनलाई फलो गर्ने फ्यानहरुको माया देख्न सकिन्छ । यतिबेला यिनै प्रियंकाको इन्स्टाग्राम फलोअर्स ४ करोड पुगेको छ । यस खुशीको अवसरमा उनले आफ्ना फलोअर्सलाई धन्यवाद दिँदै इन्स्टामा भिडियो अपलोड गरेकी छिन् ।
प्रियंकापछी धेरै फ्यान फलोअर्स दिपिकाको रहेको छ । हाल उनको इन्स्टा फलोअर्स ३.५ करोड रहेको छ ।