मङ्गलबार देखी सुरु भएको विश्वकै चर्चित एव्ं ठुलो 'कान्स फिल फेस्टिभल'को लागी बलिउडका केहि कलाकार पनि छानिएका छन् । यस पटकको कान्समा प्रियंका चोपडा पहिलो पटक रेड कार्पेटमा प्रस्तुत हुनेछिन् भने सन् २०१० देखी पनि सहभागी हुँदै आएकी दिपिका पनि सहभागी हुनेछिन् । फ्रान्समा आयोजना भैरहेको ५ दिने फिस्टिभलमा नायिका सेलेना गोमेजले पनि यो वर्ष डेब्यु गरेकी छिन् । विश्व भरबाट उत्कृष्ट चलचित्र र कलाकार छानिएर सहभागी हुन पुग्ने यस फेस्टिभलको सान र इज्जत भिन्दै रहेको छ । कलाकारहरु आफुलाई कोही भन्दा कम नदेखाउन र आफ्नो उपथिती विषेश बनाउन सक्दो प्रयास गरिरहेका देख्न सकिन्छ । यसैबिच दिपिकाले रेड कार्पेटमा रेड उपस्थिती कस्तो देखिएला भन्ने आशयको प्रश्न आफ्नो आधिकारिक इन्स्टामा सोधेकी छिन् ।
यसका साथै बलिउडका नायिकाहरु ऐश्वर्या राए बच्चन, सोनम कपूर, दीपिका पदुकोन र कङ्गना रनाउत कान्सको रेड कार्पेटमा उपस्थित हुनेछन् ।
यसैगरी यस वर्ष 'भारतीय अन्तराष्ट्रीय फिल्म फेस्टिवल अफ इन्डिया' ले गौरबमय ५० वर्ष पार गरेको अवसरमा कान्समा स्पेशल पोस्टर समेत रिलिज गर्ने छ ।