साहिद कपुर र कियारा अद्वानी अभिनित चलचित्र 'कविर सिंह'को ट्रेलर सार्वजनिक भएको छ । सन्दीप रेड्ड्री भाङ्गा निर्देशित चलचित्रमा एक सानदार मेडिकल सर्जनको प्रेमिकाको अरु कसैसँग विवाह हुन्छ र त्यसको पिडाले उ आफुलाई समाप्त गर्ने बाटोमा कसरी लाग्छ भन्ने देखाइएको छ । सर्जन कविरको भूमिकामा साहिदले अभिनय गरेका छन् । टेलिगु चलचित्र 'अर्जुन रेड्डी'को हिन्दी रिमेकमा अर्जुन कपुरलाई अफर गरिएको थियो तर उनले चलचित्रमा साइन नगरेपछी दोधारमा परेको टिमले साहिद कपुरलाई लिएको थियो ।
चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा साहिद एक बियोगमा परेको प्रेमीको भूमिकामा जमेका देखिन्छन् । जुन २१मा रिलिज हुने 'कविर सिंह'को ट्रेलरलाई दर्शकले मन पराएका छन् यसका साथै ट्रेन्डिङमा पनि पर्न सफल भएको छ ।