जुन ५ मा रिलिज हुने सलमान खान स्टारर चलचित्र 'भारत' को रिलिज डेट नजिक आइरहँदा प्रमोसनको तयारी भैरहेको छ । यसैबिच अभिनेत्री तब्बुले आफु 'भारत'को प्रमोसनमा सहभागी नहुने बताएकी छिन् । आफु अभिनित चलचित्र ''दे दे प्यार दे''को प्रमोसनल इन्टर्भ्युमा उनले आफ्नो चरित्र एकदमै कम अर्थात केबल एक सिन मात्र भएको र त्यस एक सिनको लागी कुनै प्रमोसन गरिराख्नु नपर्ने भनिन् । अली अब्बास जफरले निर्देशन गरेको चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा लगभाग सबै कलाकार समावेश गरिएका छन् तर तब्बुलाई भने स्थान दिइएको छैन । यसकै कारण तब्बुको मन मोडिएको हो कि ? यसै विषयमा निर्देशक अलि भन्छन् हामी तब्बुको भूमिकालाई सम्मान गर्छौँ र केहि सेकेन्डको भिडियोले उनको भूमिकालाई न्याय गर्दैन ।