बेलाबेला बलिउडका नायक नायिकाको प्रेम सम्बन्धले बजार तताउने गरेको छ । पछिल्लो समय प्रेममा परेका बलिउडका स्टारहरु धमाधम बिहे गर्दै छन् । यसैबिच केहि समय यता प्रेममा रहेका आलिया र रणविरको जोडिले बिवाह गर्ने हल्लाले बलिउडको मिडिया तातिरहेको छ । हालै मात्र रणवीर र आलिया केहिदिनको बिदा मनाउन भारत बाहिर गएका थिए । यसैलाई आधार बनाएर बलिउडका मिडियाहरुले उनिहरु बिवाहको लागी लोकेसन फिक्स गर्ने गएको हल्ला फैलाए । तर टुर सकेर फर्केकी आलियाले खबर को खण्डन गर्दै उनले भनेकी छिन्, ‘जे पनि, यो खराब शैली हो । हामी होलिडे मात्र मनाउन गएका थियौ । मानिसहरु जे चाहन्छन् त्यही नै भन्छन् ।’आलिया र रणवीरको अहिले नै बिहे गर्ने कुनै योजना नभएको र होलिडे मात्र मनाउन गएको कुरालाई नचाहिदो हल्ला गरिएको भन्दै आलियाले आक्रोश व्य्क्त गरेकी छिन् ।