नेपाली सिने संसारमा सम्बन्धहरु जोडिने र तोडिने क्रम दिनानुदिन भैरहेकै हुन्छ । यसैबिच यतिबेला प्रदर्शनमा आइरहेका दुइ चलचित्र 'जात्रै जात्रा' र 'बिर विक्रम २' का नायिकाहरु क्रमश वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धलाई लिएर चलचित्र बजार बेला बेला तातिरहन्छ । बेला-बखतमा दुबैले सामाजिक सञ्जाल र मिडियामार्फत् एकअर्कालाई व्यङ्ग गरिरहेका हुन्छन् त बेलाबेलामा आफुहरु बिच घनिष्ट मित्रता भएको पनि साबित गर्न खोज्छन् । यसैबिच आ-आफ्नो चलालचित्रको प्रतिकृया लिँदै प्रचारप्रसारमा लागिरहेका यि नायिकाहरु आइतबार एक अर्काको वर्षौँ पुरानो साथिझैँ एक साथ भेटिएका थिए ।
अभिनेत्री वर्षा राउतले हलमा पुगेर अभिनेत्री सिवाकोटी स्टारर चलचित्र 'बीर विक्रम २' हेरेकी थिइन् । आइतवार दिउँसो उनले कुमारी हल पुगेकी उनले चलचित्र हेरिसकेपछी चलचित्र हेरेर आफू इमोसनल भएको र अभिनेत्री सिवाकोटीको काम निकै राम्रो रहेको बताइन् । उनले भनिन्, 'बीर र विक्रमको मित्रता देखेर म निकै इमोसनल भएको थिएँ । फिल्म एकदमै राम्रो लाग्यो । वर्षाको काम उत्कृष्ट छ । पल र नाजिरको काम पनि राम्रो लाग्यो ।' कुराकानीमा आफुहरु कहिल्यै पनि एक अर्काको दुष्मन नभएको र बजारले एउटै नामको साहरा लिएर हल्ला फैलाएको आषय व्यक्त गरे । यसैबिच नायिका सिवाकोटीले पनि समय मिलाएर आफु पनि 'जात्रै जात्रा' हेर्न जाने बताएकी छिन् । ' दुई वर्षालाई एकसाथ पर्दामा हेर्ने दिन आउला ? भन्ने पत्रकारको प्रश्नमा राउतले ठट्यौली शैलीमा ‘बीर विक्रम’ जस्तै मित्रताको कथामा मिलन (चाम्स) दाईले 'वर्षा वर्षा' बनाउनु भयो भने पक्कै गरिन्छ ।’भनिन् उनको कुरामा सिवाकोटीले पनि सहमती जनाइन् ।