बलिउडकी एभरग्रीन नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक 'कान्स' को रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् । हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगीकी थिइन् । गोल्डन अफ शोल्डर गाउनमा सजिएकी उनको मेक अप पनि अन्य समयको भन्दा फरक रहेको थियो । विशेषत: उनको कानको मेकओभर आकर्शक र नौलो रहेको थियो ।