कुनै समय प्रेममा रहेका बलिउड नायिका एश्वर्या राय वच्चन र नायक विवेक ओवराय यतिबेला आ-आफ्नो व्यक्तिगत जिवन बाँचिरहेका छन् । एश्वर्या आफ्ना पती र सात बर्षिय छोरीका साथ खुशी छिन् भने विवेक पनि ९ वर्ष अघि विवाह गरेर आफ्नो बाटोमा छन् । तर एक समयका प्रेमिल यो जोडीको प्रेम सम्बन्धको बारेमा भने बलिउडमा बेलाबेला चर्चा परिचर्चा चल्ने गर्छ । भारतमा भर्खर लोकसभाको चुनाब सकिएको छ र कुन पार्टिले जित्ला भन्ने अड्कल बाजी सहित बहस चलिरहेको छ । यसैबिच विवेकले माहोललाई सान्दर्भिक हुने मनसायले एउटा ट्रोल सेयर गरेका छन् जसमा ऐश्वर्यालाई मजाक बनाइएको छ । उनले शेयर गरेको ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनिएको छ । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल भनिएको छ भने अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनिएको छ । विवेकले यो ट्रोल शेयर गरे लगत्तै बलिउडका फ्यानहरुले उनलाई गाली गरिरहेका छन् । यसैको प्रत्युत्तरमा नायिका सोनम कपुरले लेखेकी छिन्–‘यो निकै नै घिनलाग्दो र तल्लोस्तरको छ ।’आफ्नी पूर्व प्रेमिकाको यस्तो खालको ट्रोल सेयर गर्नु निकै अस्वभाविक लाग्नु र उनलाई खण्डन गर्नु स्वभाविक नै रहेको छ ।