हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले वृद्ध अभिनेता बिल मुर्रेसँग विहे गर्ने खबरले हलिउड सहित नेपालको मिडियामा पनि गर्मागर्मी बहस चलिरहेको छ । कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उनी अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरलाई उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा समेत पोस्ट गरेकी थिइन् । यस खबरसँगै एकाएक मिडियामा उनको विवाहको हल्ला फैलिएको थियो । हलिउड मिडियाले यस कुरालाई महत्व नदिए पनि अन्य मिडियाले भने फिल्मको कथालाई गोमेजले स्पोइलिङ मात्र गरेको बताएका छन् ।