टिकटकमा एकसाथ आएपछी ब्रेकअपको लामो समयपछी अभिनेत्री निता ढुङ्गाना र आमेश भण्डारी पुन: एकचोटी चर्चामा आएका छन् । सम्बन्ध बिग्रीएपछी पनि एकसाथ देखिएको यो जोडिको पुनर्मिलन हुँदै त छैन ? भन्ने प्रश्न पनि चलचित्र वृतमा उब्जिएको छ । तर यो ब्रेकअप जोडी यतिबेला एकसाथ काम गरेको एक म्युजिक भिडियोको प्रचारप्रसारको लागी मात्र एकसाथ मिडियासामु आएको बताउँछन् । भिडियो निर्माताले राम्रो पारिश्रमिक दिएकाले भिडियोको प्रमोशनमा लागेको उनिहरुको भनाई रहेको छ । यस क्रममा निता भन्छिन्, 'म्युजिक भिडियो प्रोड्युसरले हामीलाई राम्रो पैसा दिएर काम गराउनु भएको छ । त्यही नुनको सोझो गर्नको लागी र गीत पनि राम्रो भएको कारण हामिले यो काम गरेका हौँ ।' उनिहरु आफ्नो प्रेम सम्बन्ध बिग्रीए पनि एक अर्काको राम्रो साथी भएको र सधैँ भलो चिताउने गरेको आषय व्यक्त गर्छन् ।
यो जोडीको उपस्थिती र उनिहरुले देखाउन खोजेको मित्रता हेर्दा लाग्छ यस अघि यि दुइ बिच केहि भएकै थिएन र वर्षौँ पुरानो हितैषी हुन् । कुराकानीको क्रममा आमेश ठट्यौली पारामा निताको अनुहार यती सुन्दर छ सम्बन्ध बिग्रीए पनि हेर्नै मन नलाग्ने कहिल्यै भएन । म्युजिक भिडियोको प्रमोसनको लागी र नुनको सोझोको लागी मात्रै नजिकको साथीको बहाना बनाइएको हो या उनिहरुको सम्बन्ध साँच्चिनै विगतको कुरालाई कुना लगाएर मित्रताको सम्बन्ध जोडिएको छ त्यो समय ले पक्कै देखाउने छ ।