'ब्राड पिट' र 'लियोनार्दो दि क्याप्रियो'लाई स्क्रीनमा हेर्न आतुर उनिहरुका फ्यानहरुमाझ उनिहरु अभिनित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’ चर्चाको विषय बनिरहेको छ । यसै प्रतिक्षित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । 'क्विन्टिन ट्यारन्टिनो'ले निर्देशन गरेको नवौँ चलचित्रकालाई यि तीन हस्तीका फ्यान फलोअर्सले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
यस पिरियड ड्रामामा हलिउडको सन् १९६९ को समयलाई देखाइएको छ । चलचित्र प्रसिद्ध एक्ट्रेस 'श्यारन टेट'को हत्यामा आधारित रहेको जानकारहरुले बताएका छन् । साथै चलचित्रले हलिउडको गोल्डेन पिरियडको अन्तिम समयलाई समेटेको छ । आगामी जुलाई २६मा प्रदर्शनमा आउन लागेको चलचित्रको कथाबस्तु, कलाकार र प्रस्तुतीका कारण पनि चलचित्र प्रतिक्षित बनेको हो ।