भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक 'पिएम नरेन्द्र मोदी' शुक्रबार देखी प्रदर्शनमा आउँदै छ । भारतमा लोकसभाको चुनाबको कारण प्रदर्शनमा रोक लगाइएको उक्त चलचित्रका विषयमा बलिउड मिडियामा बहस चलिरहेको छ । यसैबिच प्रदर्शनको पुर्वसन्ध्यामा चलचित्रका मुख्य अभिनेता विवेक ओवरयलाई ज्यान मार्ने धम्की आएको छ । उक्त धम्की पछी विवेकको सुरक्षा ब्यबस्था कडा पारिएको भारतिय मिडियाले जनाएका छन् । यतिबेला विवेकले ऐश्वर्या राय बच्चन लाई लिएर गरेको मजाकको विषयलाई लिएर यतिबेला बलिउड लगायत मिडियामा चर्को बहस चलिरहेको छ । उनका फ्यान फलोअर्सले समेत उनको बिरोध गर्नुका साथै निकै अस्वभाविक भएको प्रतिकृया दिइरहेका छन् ।