अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र 'विर बिक्रम २'ले दर्शकको मिश्रीत प्रतिकृया पाइरहेको छ । मिलन चाम्स निर्देशित यस चलचित्रमा मित्रताको कथा बुनिएको छ । चलचित्रमा बर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ । चलचित्र दोश्रो हप्तामा प्रवेश गर्नै लाग्दा चलचित्रकी नायिका वर्षा सिवाकोटीले आफु यस चलचित्रमा जोडिन पाउनु ठुलो कुरा भएको भाव व्यक्त गरेकी छिन् ।
उनले आफ्नो आधिकारिक सामाजिक सन्जालामा स्ट्याटस पोस्ट गर्दै एक मुस्कानबाट आफ्नो चलचित्रको यात्रा सुरु भएको, हेर्ने दर्शकलाई हँसाए पनि आफ्नो करियर हाँस्न नसकेको तर निर्देशक चाम्ससँग काम गरेपछी आफ्नो करियरको टर्निङ पोइन्ट भेटेको उनले लेखेकी छिन् । उनका अनुसार मिहिनेती, लगनशिल चाम्सबाट आफुले पनि राम्रोलाई राम्रो भन्न सक्ने गुण सिकेको र चाम्समा जति शिर्जनशिलता अरु कोही निर्देशकमा सायदै भएको जस्ता कुराले सम्बोधन गरेकी छिन् । वर्षाले यो अभिव्यती दिनु पछाडीको वास्तविक कारण के छ त्यो त उनलाई नै थाहा होला तर यस विषयलाई लिएर फिल्म वृतमा अनेकन अड्कल बाजी चल्न सुरु भैसकेको छ । वर्षा आफैँले पनि बाजरले लगाउने अनुमानको पुर्वानुमान लगाउँदै ,' मैले यो भनि रहँदा अर्को फिल्मको लागि बर्षाले चिप्लो घसी भन्नेहरु पनि देख्न पाइने छ । उनीहरुले भन्नु भन्दा अगाडि नै म आफैँ भन्छु फेरी फेरी हरेक पटक हजुरसंग सहकार्य गर्न पाउँ' भनेकी छिन् । तर कुरा यतिमै गएर नटुङ्गिने भएको छ कतै वर्षाको यो अभिव्यक्तीको पछाडी करीयरलाई नयाँ मोडमा पुर्याइदिने चाम्स र वर्षा एक अर्कामा समर्पित भएर सहयात्राको नयाँ सुरुवात गर्ने तयारी त गर्दै छैनन् ? भन्ने प्रश्न पनि उब्जिनु सामान्य हुनेछ । किनकी वर्षाले यस अघि अभिनय गरेको चलचित्र 'पशुपतिप्रसाद'ले नै उनको करियरमा उनलाई सम्भावना भएकी नायिकाको रुपमा चिनाइसकेको थियो ।