चलचित्र ‘फाटेको जुत्ता’को छायाङ्कन सकिएको छ । सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्रको छायाङ्कन ३२ दिन लगाएर सकिएको निर्माण पक्षले जनाएको छ । निकेश खड्काको निर्देशन रहेको ‘फाटेको जुत्ता’को सुटिङ वीरगन्जमा भएको थियो । निर्माण पक्षको अनुसार चलचित्रको खर्च सोचेको भन्दा बढी भएको बताइएको छ ।
स्थानीय निकायको चुनावको विरोधमा राष्ट्रिय जनता पार्टीले गरेको बन्दको कारण चलचित्रको खर्च सोचेको भन्दा १५ लाख बढी भएको बताइएको छ । रोमान्टिक कमेडी जनरामा आधारित रहेर तयार भएको चलचित्र फाटेको जुत्तामा सौगात र प्रियंकाको अलावा कामेश्वर चौरासिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन कुमारको निर्माण रहेको चलचित्र कात्र्तिक १७ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।